देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट « Khabarhub

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने स्वर सुनिन थालेपछि लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले आपत्ति जनाएका छन् ।

सभापति देउवामाथि जेन–जी आन्दोलनकारीले गरेको सांघातिक आक्रमण र घरमा गरेको आगजनीप्रति मतलब नराखेर केन्द्रीय नेताहरूले जिम्मेवारी हस्तान्तरणको माग गर्न थालेपछि उनले आपत्ति जनाएका हुन् ।

‘पार्टीका केन्द्रीय नेताहरूबाट नै सभापतिज्यू लगायतको निवासमा भएको तोडफोड र सांघातिक आक्रमणको निन्दासमेत नगरी केबल राजीनामा र जिम्मेवारी हस्तान्तरणको माग गरेको देखिन्छ,’ मन्त्री राणाले भनेका छन्, ‘जसका लागि यो समय अनुकूल र विधिसम्मत नभएको आम नेपाली कांग्रेसको बुझाइ छ ।’

उनले कांग्रेस अनुशासन, विधि र पद्दतिको जगमा उभिएको पार्टी भएको भन्दै यसलाई अक्षुण राख्न सबै नेता–कार्यकर्तालाई विधि पालना, धैर्य र सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

‘विशेषगरी यस संकटको घडीमा सबैले संयम र विवेक देखाउँदै पार्टीका शीर्ष नेताहरूको स्वास्थ्य लाभको समयसम्म प्रतीक्षा गर्नुपर्ने हाम्रो ठहर छ,’ कांग्रेस प्युठान (ख) का सभापतिसमेत रहेका राणाले विज्ञप्तिमार्फत् भनेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : ५० बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ