मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ « Khabarhub

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयको सरसफाइ गरिएको छ । महासङ्घको नेतृत्वमा कार्यालय पुगेका दुई दर्जन बढी पत्रकारले आज बिहान कार्यालय परिसरभित्र र बाहिर सरसफाइ गरेका हुन् ।

गत मङ्गलबार ‘जेनजी’ प्रदर्शनका क्रममा देशैभर सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका थिए । जिल्ला प्रशासन कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगो लगाइएको थियो । आगोबाट कार्यालयका सम्पूर्ण भौतिक संरचना र कागजात जलेर नष्ट भएका छन् ।

कार्यालय कोठा र परिसरभरि जलेका सामग्रीका राख थुप्रिएका थिए । आज पत्रकारले राख र अन्य फोहरको उचित स्थानमा व्यवस्थापन गर्दै कार्यालयलाई सफा गरेका हुन् ।

जिल्लास्थित नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुशीला पाठकले शान्तिसुरक्षा कायम गर्ने÷गराउने जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील संस्थाबाट सहज रूपमा सेवा प्रवाहमा सहयोग पु-याउने उद्देश्यले का लागि पत्रकारहरूले कार्यालय परिसरको सरसफाइ गरेको बताए।

नेपाल पत्रकार महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यालयको सरसफाइ गरिएको बताए । उनले कार्यालय परिसरमा केही दिनदेखि जलेका सामग्रीका फोहर, राख र फ्टेका सिसाजन्य वस्तु थुप्रिँदा सेवा प्रवाहमा अवरोध उत्पन्न हुनुका साथै वातावरणमा पनि असर पर्ने हुनाले बिहानदेखि सरसफाइ थालिएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ८ : ५५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको