जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी | Khabarhub Khabarhub

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भनिने विशेश्वर प्रसाद साहविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले २०८१ साल चैत ३१ गते साहले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। जनकपुरधाम उपमहानगरपालिकाकी २८ वर्षीया महिलाले घरमा कोही नभएको बेला मौकाछोपी साहले करणी गरेको आरोप लगाएकी छिन्।

जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि साह हाल फरार सूचीमा परेका छन्। तर उनी निरन्तर सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्। विगत एक सातादेखि जारी जेन–जेड आन्दोलनमा सहभागी हुँदै उनले आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।

साविक रघुनाथपुर गाविस हाल सबैला नगरपालिका–१२ घर भएका साह फरार रहेको कारण जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका वडा नम्बर–१२ कार्यालयलाई उनको तीन पुस्ते विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। सो पत्र २०८२ साल भदौ ५ गते पठाइएको हो। दुई दिनभित्र विवरण उपलब्ध गराउन पत्रमा उल्लेख गरिएको छ।

साह पार्टीभित्र पनि विवादित छविका मानिन्छन्। यसअघि पार्टीले उनलाई तीन महिनाका लागि अनुशासनात्मक कारबाही गरेको थियो। २०७९ को प्रतिनिधिसभा निर्वाचनताका धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार किशोरी साह (कमल)सँग आर्थिक हिसाबकिताबको विषयमा विवाद बढ्दा पार्टी बैठकमै कुटाकुट गरेको समाचारसमेत सार्वजनिक भएको थियो।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १० : ०३ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने