परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन « Khabarhub

परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२३ अक्टोबर ७ तारिखदेखि गाजास्थित विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे अझै प्रष्ट खुल्न नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हमासले बन्धकमध्ये सातजनालाई पहिलो चरणमा रिहा गरिसकेको अवस्थामा नेपाली २४ वर्षीय युवक विपिनको मृत्यु भएको समाचार आइरहेका बेला परराष्ट्रले यसो भनेको हो ।

‘इजरायलस्थित नेपाली राजदूत त्यहाँको सरकार र सेनासँग नियमित सम्पर्कमै हुनु हुन्छ’, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवम् सहसचिव लोकबहादुर चौहान क्षत्रीले खबरहबसँग भने, ‘अहिलेसम्म इजरायल सरकारले विपिन जीवित रहेको या मृत्यु भइसकेको केही खुलाएको छैन ।’

उनका अनुसार इजरायलस्थित राजदूत धनप्रसाद पण्डितलाई त्यहाँको सेनाका एक अधिकारीले विपिनको अवस्था जीवित या मृत प्रष्ट नखुलेको खबर दिएका थिए ।

‘तर हमासले रिहा गर्ने २० जना जीवितको सूचीमा विपिनको नाम नभएकाले केही संशय भने पैदा भएको छ’, उनले भने, ‘अहिले हामी इजरायली सरकारको औपचारिक सूचनाको प्रतिक्षामा छौँ । त्यहाँको सरकारले औपचारिक जानकारी नदिई यति गम्भीर विषयमा निर्णय गर्नु हतार हुन्छ ।’

यदि विपिनको मृत्यु नै भइसकेको भए पनि इजरायल सरकारको आधिकारिक सूचना कुरिरहेको उनले बताए ।

यसअघि इसरायली डिफेन्स फोर्स (आईडीएफका) एक अधिकारी नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएको समाचार भाइरल भएको थियो । आईडीएफले विपिनको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई यो जानकारी दिएको बताइए पनि विपिनका बुवाले नै यसलाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : २४ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन