विपिनका दाजु भन्छन् : इजरायली अधिकारीसँग कुरा भएको छ, भाइ फर्किने आशा छ « Khabarhub

विपिनका दाजु भन्छन् : इजरायली अधिकारीसँग कुरा भएको छ, भाइ फर्किने आशा छ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीबारे अनेक शंका आशंका उब्जिरहेका बेला उनका दाजु किशोर जोशीले सोमबार बिहान इजारयली अधिकारीहरूसँग कुरा भएको बताएका छन् ।

सोमबार मध्याह्न कान्तिपुर दैनिकसँगको कुराकानीका क्रममा उनले बिहान मात्रै इजारयली अधिकारीहरूसँग कुराकानी भएको खुलाएका छन् ।

‘बिहान इजरायली अधिकारीहरूसँग पनि कुरा भएको छ । हमासले छुटाउने २० जनाको नाम औपचारिक घोषणा गरेको छ’, उनले भने, ‘ती २० जनामा विपिनको नाम छैन भनेका छन् । अझै पनि हामीलाई भाइ फर्किएर आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’

उनले सामाजिक सञ्जालका विवरण र अनेक आशंकायुक्त समाचारले पीडा दिएको बताए । ‘विगतमा पनि हामीले पीडा खेपेका हौँ । अझै निराश हुनुपर्ने अवस्था छैन’, उनले भने, ‘भाइ फर्किन्छ भन्ने विश्वासमा छौँ । हामी आशावादी भएर बसेका छौँ ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ५३ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई