विपद् जोखिम न्यूनीकरण सरकारको उच्च प्राथमिकता छ : गृहमन्त्री « Khabarhub

विपद् जोखिम न्यूनीकरण सरकारको उच्च प्राथमिकता छ : गृहमन्त्री


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

सोमबार ललितपुरमा विपद् जोखिम न्यूनीकरण चौथो राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् । 

भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका बिपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उनले बताए ।

उनले विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको धारणा राखे । 

अर्यालले बिपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचक यन्त्र विस्तार गरिएको, समुदायमा आधारित जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिवृद्धि कार्यक्रम चलाइएको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले समुदायलाई बलियो बनाउन सके बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताए । धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुरु भइसकेको जानकारी दिदैँ उनले यसलाई देश व्यापी बनाइएको जानकारी दिए ।

भट्टले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केही सहज भएको उल्लेख गर्दै अवस्था स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ४२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा