२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो « Khabarhub

२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार भएको सेयर कारोबारमा २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार नेप्सेमा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा २ सय वटा कम्पनीको सेयर मूल्य बढेर नेप्से ४४.२५ अंकले बढेको हो ।

सोमबार नेप्से २५४७.६० अंकमा पुगेको छ । नेप्से बढे पनि आज ४४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । 

नेप्से बढेसँगै आज सबै समूहको सूचक पनि हरियाली बन्न पुगेको छ भने नेप्सेको पुँजीकरण पनि १.७६ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : १२ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको