२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो « Khabarhub

२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार भएको सेयर कारोबारमा २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार नेप्सेमा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा २ सय वटा कम्पनीको सेयर मूल्य बढेर नेप्से ४४.२५ अंकले बढेको हो ।

सोमबार नेप्से २५४७.६० अंकमा पुगेको छ । नेप्से बढे पनि आज ४४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । 

नेप्से बढेसँगै आज सबै समूहको सूचक पनि हरियाली बन्न पुगेको छ भने नेप्सेको पुँजीकरण पनि १.७६ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : १२ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा