झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग « Khabarhub

झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापा कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि नगद सहयोग गरेका छन् । 

जिल्लामा गत साता आएको बाढीका कारण विस्थापित परिवारहरूलाई कैदीबन्दीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी कारागार कार्यालय प्रमुख रेवन्त भट्टराईलाई आज एक लाख २० हजार ५१० हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख भट्टराईका अनुसार उक्त रकम जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । 

कैदीबन्दीका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्दै आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावतीले भने, ‘थोरै भए पनि पीडितहरूका लागि राहत होस् भन्ने सोचका साथ सबै कैदीबन्दीले सहयोग गरेका हुन् ।’

प्रमुख भट्टराईले झापा कारागारमा कैदीबन्दीहरू सिर्जनात्मक कार्यमा संलग्न रहँदै आएको उल्लेख गरे। उनले विपद्को घडीमा पनि मानवीय भावनासहित सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे। उनका अनुसार झापामा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा एकद्वारा प्रणालीबाट राहत वितरण भइरहेको छ । 

हाल झापा कारागारमा एक हजार ५१९ पुरुष र ७६ महिला गरी जम्मा एक हजार ५९५ कैदीबन्दी छन् । 
 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : १३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा