रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य | Khabarhub Khabarhub

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको छ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। कप्तान रोहितले ४१ बलमा ५८ रन जोड्दै टोलीको पारी सम्हालेका थिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन, र गुलशन झाले ८ बलमा १६ रनको छिटो पारी खेले।

बलिङतर्फ कतारका कप्तान मिर्जा बेग सर्वाधिक सफल भए । उनले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट हात पारे। डानियल लुइसले पनि ३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट जोडे।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेल जित्दै विश्वकपको सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ३४ बजे

माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं– माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र

प्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय परिचय पत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्नुस्

काठमाडौं– नागरिकले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा

विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका

‘जनतामा कांग्रेसप्रति भरोसा घट्यो, अब आश्वासन होइन, परिणाम दिन सक्नुपर्छ’

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले नयाँ राजनीतिक