विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै « Khabarhub

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अनुपस्थित भएका बेला चारजना बन्दी शव रेडक्रसले बुझाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका दर्जनौं नेताबीच शिखर वार्ता चलिरहँदा नेपाली युवक विपिन जोशीसहित चारजनाको शव हमासले फिर्ता गरेको हो ।

उता २ हजार प्यालेस्टिनी कैदीहरू पनि रिहा भएका छन् । जसमा २५० जना आजीवन कारावास सजाय सुनाइएका कैदी पनि छन् ।

इजरायली सेनाले ९आईडीएफ० गाजाबाट चारजना मृतक बन्धकका शव रहेका कफिनहरू निकाल्न लागेको बताएको छ।

आईडीएफका अनुसार ती कफिनहरूलाई तेल अभिभको अबु कबीर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइनेछ, जहाँ शवहरूको पहिचान गर्न दुई दिनसम्म समय लाग्न सक्छ।

गाजाबाट निकाल्नुअघि आईडीएफले मृतकहरूको सम्झनामा एक सानो धार्मिक समारोह आयोजना गर्ने जनाएको छ। उक्त समारोह सैन्य रब्बीको नेतृत्वमा हुनेछ, जसमा कफिनहरू इजरायली झण्डामा बेरिनेछन् । त्यहाँ सैनिकहरूले सलामी दिएर स्तोत्र वाचन गर्नेछन्।

हामासले सोमबार साँझ दक्षिण गाजामा रेडक्रसलाई ती शवहरू हस्तान्तरण गरेको थियो। त्यसपछि रेडक्रसले ती कफिनहरू आईडीएफलाई बुझाएको हो।

हामासले यसअघि मृतक बन्धकहरूका रूपमा गाइ इलौज, योसी शाराबी, नेपाली युवक विपिन र इजरायली सेनाका क्याप्टेन ड्यानियल पेरेजका शवहरू फिर्ता गरेको जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ३२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।