भिडियो भाइरल भएपछि बलोचिस्तानका मुख्यमन्त्रीको आलोचना शुरु « Khabarhub

भिडियो भाइरल भएपछि बलोचिस्तानका मुख्यमन्त्रीको आलोचना शुरु


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एउटा भिडियो सार्वजनिक भएपछि पाकिस्तानको बलोचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीको चौतर्फी आलोचना शुरु भएको छ । उक्त भिडियोमा उनी राज्यसञ्चालित कन्या कलेजका विद्यार्थीहरुलाई सामाजिक सञ्जालमा पाकिस्तानको समर्थनमा सामग्री फैलाउन आग्रह गरिरहेको देखिन्छ ।

गत हप्ता ‘गर्भमेन्ट गल्र्स डिग्री कलेज’ भ्रमण गर्दा मुख्यमन्त्री बुग्तीले विद्यार्थीहरूलाई पाकिस्तानको समर्थनमा सामग्री पोस्ट गर्ने प्रतिबद्धता जनाउन आग्रह गरेको देखिएको छ । भिडियोमा बुग्तीले भनेका छन्, ‘तिमी घर गएर पाकिस्तानको पक्षमा पोस्ट गर्ने वाचा गर ।’

प्रत्यक्षदर्शीहरूका अनुसार धेरै विद्यार्थीहरूले मुख्यमन्त्रीको आग्रह अस्वीकार गरेका छन् । विद्यार्थीहरुले राजनीतिक गतिविधिमा संलग्न हुन अस्वीकार गर्छन् । त्यसपछि बुग्तीले धम्कीपूर्ण शैलीमा जवाफ दिँदै एक विद्यार्थीलाई भनेका थिए— ‘तिमीबिना पनि पाकिस्तान रहिरहन्छ ।’

उनले पाकिस्तानको पक्षमा सामाजिक सञ्जालमा धारणा फैलाउनु नै नैतिक कर्तव्य रहेको बताएका छन् । यो कर्तव्य पालना गर्न असफल हुनेले प्रलयका दिन इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका सामु जवाफ दिनुपर्ने पनि चेतावनी दिएका छन् ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै विद्यार्थी र राजनीतिक दलका नेताहरुले मुख्यमन्त्रीमाथि शैक्षिक संस्थाभित्र विद्यार्थीमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ३१ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ