‘सेप्टेम्बरमा १ सय १३ जना पाकिस्तानीलाई बेपत्ता पारियो’ « Khabarhub

‘सेप्टेम्बरमा १ सय १३ जना पाकिस्तानीलाई बेपत्ता पारियो’


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको सेप्टेम्बर महिनामा मात्रै पाकिस्तानमा १ सय १३ जनालाई जबरजस्ती बेपत्ता पारिएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको जबरजस्ती बेपत्ता पारिएकाहरुको छानबिन गर्न गठित आयोगले सेप्टेम्बर २०२५ मा १ सय १३ जना बेपत्ता भएको जनाएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार यीमध्ये १४ जना घर फर्केका छन् । सन् २०११ को मार्च महिनामा गठन भएयता आयोगमा हालसम्म १० हजार ६ सय ३६ वटा यस्ता बेपत्ताका घटना दर्ता भएको जनाइएको छ । यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनामा २ सय ८९ वटा यस्ता घटना भएका छन् ।

डनका अनुसार आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवारको पालणपोषणका लागि विशेष विभाग पनि गठन गरिएको छ ।

गत सेप्टेम्बर महिनामा नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री शहबाज शरिफ र आन्तरिक मामिलामन्त्री मोशिन नकभीलाई बेपत्ता पारिएकाहरुको खोजबिन गर्ने संयन्त्रमा व्यापक सुधार आवश्यक रहेको जनाएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ३४ बजे

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका