भुटानमा विपद आउँदा भारतको सहयोग « Khabarhub

भुटानमा विपद आउँदा भारतको सहयोग


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानमा आएको प्राकृतिक विपदको उद्धार तथा राहतमा भारतले सहयोग गरेको छ । भुटानको आमोछु नदीमा अचानक बाढी पहिरो आएपछि भारतले सहयोगको हात बढाएको हो ।

अचानक आएको बाढीले गर्दा स्थानीय बासिन्दा र कामदारहरु फसेका थिए । यस्तो अवस्थामा भुटानी अधिकारीहरुसँग समन्वय गरी भारतीय सेनाले उद्धार अभियान सञ्चालन गरेको हो ।

खराब मौसमका कारण पारो शहरमा रहेको ड्रुक एअरको हेलिकोप्टरले उडान भर्न नसक्दा भुटानले भारतको सहयोग मागेको हो । भुटानको सहयोग स्वीकार गर्दै भारतले तत्काल सहायता प्रदान गरेको हो ।

भारतले भुटानको विपदमा उद्धार गर्नका लागि तत्काल दुई हेलिकोप्टर परिचालन गरेको थियो । भारतीय हेलिकोप्टरले बाढीमा फसेकाहरुलाई सुरक्षित स्थानमा लगेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ४५ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ