भुटानमा विपद आउँदा भारतको सहयोग « Khabarhub

भुटानमा विपद आउँदा भारतको सहयोग


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानमा आएको प्राकृतिक विपदको उद्धार तथा राहतमा भारतले सहयोग गरेको छ । भुटानको आमोछु नदीमा अचानक बाढी पहिरो आएपछि भारतले सहयोगको हात बढाएको हो ।

अचानक आएको बाढीले गर्दा स्थानीय बासिन्दा र कामदारहरु फसेका थिए । यस्तो अवस्थामा भुटानी अधिकारीहरुसँग समन्वय गरी भारतीय सेनाले उद्धार अभियान सञ्चालन गरेको हो ।

खराब मौसमका कारण पारो शहरमा रहेको ड्रुक एअरको हेलिकोप्टरले उडान भर्न नसक्दा भुटानले भारतको सहयोग मागेको हो । भुटानको सहयोग स्वीकार गर्दै भारतले तत्काल सहायता प्रदान गरेको हो ।

भारतले भुटानको विपदमा उद्धार गर्नका लागि तत्काल दुई हेलिकोप्टर परिचालन गरेको थियो । भारतीय हेलिकोप्टरले बाढीमा फसेकाहरुलाई सुरक्षित स्थानमा लगेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ४५ बजे

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका