आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज रहेको छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ ।

वृष : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ । वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ । राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ । परिवारमा घुमघामको तय हुनेछ ।

मिथुन : दिन सामान्य छ । अचानक सञ्चित धन खर्च हुनेछ । साथीबाट धोका हुनसक्छ । स्वास्थ्यले भने साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ ।

कर्कट : दिन राम्रो छ । मनमा अशान्ति बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ ।

सिंह : दिन राम्रो छ । बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्न सक्छ । परिवारको साथ मिल्नेछ ।

कन्या : दिन सामान्य छ । बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ । सामान्य खानेकुरामा चित्त बुझाउनुपर्ने दिन छ । अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ ।

तुला : दिन राम्रो छ । साथीभाइ दाहिना रहनेछन् । संगठनको बलमा राम्रा काम हुनेछन् । स्वास्थ्यले समेत राम्रो साथ दिनेछ । घुम्ने अवसर मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।

वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ । लगानी गर्दा फाइदा हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ । परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ ।

धनु : बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ । आफ्ना कुरा अरुसँग साट्नु राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्ने छ । राजनीतिक संगठनबाट फाइदा हुने दिन छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ । एकल निर्णय गर्दा घाटा हुनेछ । परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ ।

कुम्भ : दिन राम्रो छ । आफूले सोचेका काम सहजै सञ्चालन हुनेछन् । विशेष कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : सामान्य छ । मध्य साढेसाती दशा चलिरहेकाले हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ । लगानीको क्षेत्रबाट नाफा हुने योग छ । धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ०५ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने