मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा « Khabarhub

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ ।

निगमका प्रवक्ता अनिल घिमिरेले विज्ञप्ति जारी गर्दै देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमान मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

उक्त विमान गत सेप्टेम्बरदेखि इञ्जिन मर्मत र वार्षिक जाँचका लागि ‘ग्राउण्डेड’ गरिएको थियो।

परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्वीनअटर विमानमार्फत यही कात्तिक २५ गतेदेखि आन्तरिक व्यावसायिक उडान पुनःसुरू भएको जनाएको छ ।

यसले पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुलाई सेवासुविधा थप सहज हुने निगको विश्वास छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ३० बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका