दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी « Khabarhub

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् ।

कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा दूध डेरीको मालिक बनेका छन् । मजदुरी छोडेर सञ्चालक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्‍यो । २०६८ सालदेखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएका हुन् ।

दुई लिटर दूधबाट व्यवसाय सुरु गरेका राना अहिले दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् ।

‘भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,’ रानाले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।’

सुरुमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे । त्यही लगन र परिश्रमले उनलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बनाएको छ ।

गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक २० हजार रुपैयाँदेखि २६ हजार रुपैयाँसम्म तलब दिएर उनले कामदार राखेका छन् ।

‘दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो,’ उनले भने, ‘अहिले एक हजार ५०० लिटर दूध सङ्कलन हुन्छ ।’

यसै व्यवसायबाट रानाले करिब ९० लाख रुपैयाँ बराबरको सम्पत्तिसमेत जोडेका छन् । ‘दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ रानाले भने, ‘यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।’ (रासस)

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : १९ बजे

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय