बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद « Khabarhub

बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिएका छन्।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगबाट किस्तामा महसुलको बक्यौता असुली प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणका अनुसार अधिकांश उद्योगले पहिलो किस्ता भुक्तानी गरिसकेका छन्।

राजनीतिक हस्तक्षेपका कारण लामो समयदेखि अवरुद्ध बक्यौता असुली अब ठोस नतिजातर्फ उन्मुख भएको मन्त्री घिसिङको भनाइ छ ।

बक्यौता रकम तिर्न थालेका उद्योगीहरूलाई धन्यवाद दिँदै घिसिङले असुलीमा सहयोग पुर्‍याउने प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूलाई पनि आभार व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय घिसिङले लेखेका छन्, ‘, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ। हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गर्नुभएका सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : १७ बजे

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण