भोजपुरका किसानलाई धान थन्क्याउन चटारो « Khabarhub

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।

केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् । 

भोजपुर नगरपालिका–५ का किसान भिमसेन फुयालले भने, ‘हामी किसान अहिले धान थन्काउने काममा व्यस्त छौँ । केही समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ । अर्मपर्म गरेर आ–आफ्नो खेतको धान थन्काउने काम जुेटेका छौँ।’

वर्षातका कारण धानबालीमा  केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भइरहेको स्थानीय कृषक कमला थापाले बताए। 

‘बर्षातले धानबाली केहि क्षति पुग्यो’ उनले भने,’तर जे बाँकी छ, त्यसलाई थन्काउने काममा गरिरहेका छौँ ।अहिले धान थन्काउने हाम्रो  मुख्य काम बनेको छ ।’

बेमौसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ । धान यहाँका किसानको प्रमुख अन्नबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ । 
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ४४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज