अवकाशमा गएलगत्तै पूर्वआईजीपी खापुङलाई उपत्यका छाड्न रोक, विदेश जान पनि नपाउने « Khabarhub

अवकाशमा गएलगत्तै पूर्वआईजीपी खापुङलाई उपत्यका छाड्न रोक, विदेश जान पनि नपाउने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोग बुधबारदेखि अवकाशमा गएका पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक लगएको छ।

गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोग, २०८२ ले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।

आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले तत्कालै लागू हुने गरी उनको विदेश भ्रमण रोक्ने निर्णय गरेको हो ।

आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले बताए ।

आयोगले पूर्वआईजीपी खापुङलाई त्यस निर्णयबारे जानकारी गराइसकेको बताएको छ। साथै, भदौ २३ र २४ को घटनामा कसैको क्षति विवरण पठाउन बाँकी भए उपलब्ध गराउन पनि भनेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ५२ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका