अवकाशमा गएलगत्तै पूर्वआईजीपी खापुङलाई उपत्यका छाड्न रोक, विदेश जान पनि नपाउने « Khabarhub

अवकाशमा गएलगत्तै पूर्वआईजीपी खापुङलाई उपत्यका छाड्न रोक, विदेश जान पनि नपाउने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोग बुधबारदेखि अवकाशमा गएका पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक लगएको छ।

गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोग, २०८२ ले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।

आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले तत्कालै लागू हुने गरी उनको विदेश भ्रमण रोक्ने निर्णय गरेको हो ।

आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले बताए ।

आयोगले पूर्वआईजीपी खापुङलाई त्यस निर्णयबारे जानकारी गराइसकेको बताएको छ। साथै, भदौ २३ र २४ को घटनामा कसैको क्षति विवरण पठाउन बाँकी भए उपलब्ध गराउन पनि भनेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ५२ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट