मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट « Khabarhub

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेकी छन् । राजदूत जोन्स्टनले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्याललाई भेटेर शिष्टाचार बिदाइ भेट गरेकी हुन्‌।

भेटका क्रममा मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच  नेपाल र अस्ट्रेलिया रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिए । 
 
साथै मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई  आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए । राजदूत जोन्स्टन सेप्टेम्बर १२, २०२४ मा नेपालका लागि राजदूत भएर आएकी थिइन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ५५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज