अस्ट्रेलियामा सवारी दुर्घटना, एकै परिवारका तीन नेपालीको मृत्यु « Khabarhub

अस्ट्रेलियामा सवारी दुर्घटना, एकै परिवारका तीन नेपालीको मृत्यु


२७ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियास्थित भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा सवारी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ ।

सब वेबाट मेन रोडमा निस्किने क्रममा मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा दम्पती र उनीहरूका छोराको मृत्यु भएको हो ।

नेपालमा उनीहरू चितवनका भएको खुलेको छ । ज्यान गुमाउनेमा कार चालक ४१ वर्षीय पुरुषसहित ३१ वर्षीया एक महिला र तीन वर्षीय बालक रहेका छन् ।

दुर्घटनामा घाइते एकजना वृद्धाको भने उपचार भइरहेको छ । ती वृद्धा मृतक महिलाकी आमा रहेको खुलेको छ।

घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । ट्रक चालक दुर्घटनामा सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १ : ३७ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले