अस्ट्रेलियामा सवारी दुर्घटना, एकै परिवारका तीन नेपालीको मृत्यु « Khabarhub

अस्ट्रेलियामा सवारी दुर्घटना, एकै परिवारका तीन नेपालीको मृत्यु


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियास्थित भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा सवारी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ ।

सब वेबाट मेन रोडमा निस्किने क्रममा मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा दम्पती र उनीहरूका छोराको मृत्यु भएको हो ।

नेपालमा उनीहरू चितवनका भएको खुलेको छ । ज्यान गुमाउनेमा कार चालक ४१ वर्षीय पुरुषसहित ३१ वर्षीया एक महिला र तीन वर्षीय बालक रहेका छन् ।

दुर्घटनामा घाइते एकजना वृद्धाको भने उपचार भइरहेको छ । ती वृद्धा मृतक महिलाकी आमा रहेको खुलेको छ।

घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । ट्रक चालक दुर्घटनामा सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ३७ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा