पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने « Khabarhub

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ मा सुनाउने भएका छन् । 

मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारहरूलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताए।

७८ वर्षीया शेख हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छद। उनले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गरेका छन् ।

‘कानूनअनुसार न्याय हुनेछ’, अभियोजक इस्लामले भने, ‘हामी लामो यात्रापछि अन्तिम चरणमा पुगेका छौँ, अदालतले १७ तारिखमा फैसला सुनाउनेछ ।’

गत जुन १ देखि अनुपस्थित अवस्थामा सुरु गरिएको मुद्दामा अदालतले हसिनामाथि सामूहिक हत्या गर्ने आदेश दिएको आरोपमा विस्तृत गवाही सुनेको थियो । संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म उनी सत्तामा रहँदा भएको विद्रोहका क्रममा करिब एक हजार ४०० जनाको ज्यान गएको थियो ।

अभियोजन पक्षले हत्या रोक्न असफल हुनु, सामूहिक हिंसामा संलग्नता र मानवता विरुद्धका अपराधलगायत पाँचवटा मुख्य आरोप दर्ता गरेको छ । यदि दोषी ठहर भए भने हसिनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।

‘हामीलाई विश्वास छ कि सम्माननीय अदालतले आफ्नो विवेकका साथ न्यायपूर्ण फैसला गर्नेछ’, इस्लामले भने, ‘यो निर्णयले न्यायको प्यास मेट्नेछ र मानवता विरुद्धका अपराधहरू अन्त्यतर्फको ऐतिहासिक कदम हुनेछ ।’

पूर्वप्रधानमन्त्री हसिनाले भने सबै आरोप अस्वीकार गर्दै आफ्ना विरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोधको नाटक’ र ‘न्यायको अपमान’ को संज्ञा दिएको छ ।

उनका सह–अभियुक्तहरूमा पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल-मामुन रहेका छन् ।  

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : ०० बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न