गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन « Khabarhub

गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकालाई असफल हुने छुट नभएको बताएका छन् ।

देशको शान्ति सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीबारे राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विस्तृत विवरण पेश गर्ने क्रममा उनले यस्तो भनेका हुन् ।

अर्यालले बैठकमा भने, ‘फरार कैदीबन्दी र लुटिएका हतियार अहिलेको प्रमुख सुरक्षा चुनौती हुन्। सरकार यसलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ।’

उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै तयारी तीव्र रूपमा अगाडि बढिरहेको बताए।

‘युवा पुस्तालाई मतदानको अवसर दिन मतदाता नामावली ऐन संशोधन गरिएको छ, जसबाट २ लाख बढी मतदाता थपिएका छन्,’ उनले भने।

गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाका लागि संयुक्त गस्ती शुरु गरिएको बताएका छन्। गृह मन्त्रालयको सह-सचिवको संयोजकत्वमा कार्यदल गठन भइसकेको उनले बताए ।

विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिने कानुनी संशोधनको गृहकार्य अगाडि बढेको बताउँदै उनले नीति अनुसन्धान प्रतिष्ठानलाई अध्ययनको जिम्मेवारी दिइएको बताए।

‘साविकका क्षतिग्रस्त मतदान केन्द्र पुनर्निर्माण भइरहेका छन्, जोखिम मूल्यांकन प्रतिवेदन प्राप्त भइसकेको छ,’ उनले भने।

गृहमन्त्री अर्यालले छोटो अवधिको बावजुद जनताको आकांक्षा पूरा गर्न अधिकतम प्रयासरत रहेको बताएका छन् । ‘हामीलाई असफल हुने छुट छैन। आगामी दिनमा पनि सबैको साथ र सहयोग आवश्यक छ’, उनले भने ।

यस सरकारसँग सबैको उच्च अपेक्षा रहेको उनले बताए । ‘छोटो अवधिको बावजुद हामी जनताका आकांक्षाहरुलाई कानूनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने छौँ’, उनले भने, ‘हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा हामी विश्वस्त छौं।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : ३६ बजे

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर– भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको

कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)