गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन « Khabarhub

गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकालाई असफल हुने छुट नभएको बताएका छन् ।

देशको शान्ति सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीबारे राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विस्तृत विवरण पेश गर्ने क्रममा उनले यस्तो भनेका हुन् ।

अर्यालले बैठकमा भने, ‘फरार कैदीबन्दी र लुटिएका हतियार अहिलेको प्रमुख सुरक्षा चुनौती हुन्। सरकार यसलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ।’

उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै तयारी तीव्र रूपमा अगाडि बढिरहेको बताए।

‘युवा पुस्तालाई मतदानको अवसर दिन मतदाता नामावली ऐन संशोधन गरिएको छ, जसबाट २ लाख बढी मतदाता थपिएका छन्,’ उनले भने।

गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाका लागि संयुक्त गस्ती शुरु गरिएको बताएका छन्। गृह मन्त्रालयको सह-सचिवको संयोजकत्वमा कार्यदल गठन भइसकेको उनले बताए ।

विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिने कानुनी संशोधनको गृहकार्य अगाडि बढेको बताउँदै उनले नीति अनुसन्धान प्रतिष्ठानलाई अध्ययनको जिम्मेवारी दिइएको बताए।

‘साविकका क्षतिग्रस्त मतदान केन्द्र पुनर्निर्माण भइरहेका छन्, जोखिम मूल्यांकन प्रतिवेदन प्राप्त भइसकेको छ,’ उनले भने।

गृहमन्त्री अर्यालले छोटो अवधिको बावजुद जनताको आकांक्षा पूरा गर्न अधिकतम प्रयासरत रहेको बताएका छन् । ‘हामीलाई असफल हुने छुट छैन। आगामी दिनमा पनि सबैको साथ र सहयोग आवश्यक छ’, उनले भने ।

यस सरकारसँग सबैको उच्च अपेक्षा रहेको उनले बताए । ‘छोटो अवधिको बावजुद हामी जनताका आकांक्षाहरुलाई कानूनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने छौँ’, उनले भने, ‘हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा हामी विश्वस्त छौं।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  २ : ३६ बजे

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण