जनार्दन पक्षीय ‘प्रगतिशील राष्ट्रिय अभियान’ले सुदनको नेतृत्वमा घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान « Khabarhub

जनार्दन पक्षीय ‘प्रगतिशील राष्ट्रिय अभियान’ले सुदनको नेतृत्वमा घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा पुनः राजनीतिक रूपान्तरणको आवश्यकता रहेको नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्मा पक्षका नेता-कार्यकर्ताले पूर्वसांसद सुदन किरातीको नेतृत्वमा ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन्।

माओवादीभित्र तीन वर्षदेखि लोकतान्त्रिक मूल्य र पारदर्शिताको बहस गर्दै आएका नेताहरूको समूहले बिहीबार एक अपील जारी गर्दै अभियानको औपचारिक घोषणा गरेका हुन् ।

किरातीले जारी गरेको अपिलमा भनिएको छ, ‘भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका कारण जेनजी विद्रोह भएको घामजस्तै छर्लङ्ग छ। पुराना दलहरू जनताको आशा पूरा गर्न असफल भएकाले नयाँ राजनीतिक विकल्प अब अपरिहार्य बनेको छ।’

अपिलमा जनआन्दोलनका सहिद, घाइते र वेपत्ता योद्धाप्रति श्रद्धा व्यक्त गर्दै देशको समग्र पुनर्संरचना र नयाँ राजनीतिक दिशा तय गर्न ‘जनताको एकता र जनपरिचालन’ आवश्यक रहेको उल्लेख गरिएको छ।

किरातीले भनेका छन्, ‘हामी आगामी निर्वाचन केवल यथास्थितिको निरन्तरता दिन होइन, राज्यका असफल संरचनालाई पुनर्गठन गरेर सुदृढ राष्ट्र, सभ्य नागरिक र बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अघि बढ्छौं।’

अभियानको अपिलमा जनताले भ्रष्ट, असफल र अहंकारी नेताहरुलाई आगामी निर्वाचनबाट ‘जरैदेखि उखेलेर फाल्न’ आह्वान गरिएको छ।

देशभित्र र विदेशमा रहेका वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक र देशभक्त नेपालीहरूलाई तत्काल ‘प्रगतिशील राष्ट्रिय अभियान’मा आवद्ध हुन आह्वान गरिएको छ।

अपिलमा भनिएको छ, ‘नेपालको पछिल्लो सय वर्षको इतिहास जनताको न्याय, समानता र आत्मसम्मानका लागि भएको संघर्षले भरिएको छ। तर, राजनीतिक दलहरू सत्ताको खेलमा अल्मलिँदा देश फेरि अप्ठ्यारो मोडमा पुगेको छ।’

अभियानले आगामी निर्वाचन सफल पार्दै, जनताले स्वच्छ, पारदर्शी र जवाफदेही राजनीतिक नेतृत्व रोज्ने वातावरण बनाउन सबै तहमा अभियानका सम्पर्क समिति गठन गर्न आग्रह गरेको छ।

‘जेन-जी विद्रोहले दिएको चेतावनीलाई समयमै सम्बोधन गर्न नसके यो विद्रोह पुनः नयाँ स्वरूपमा प्रकट हुनेछ,’ अपिलमा भनिएको छ ।

अभियानका सात बुँदे प्रतिवद्धता

१. भ्रष्टाचार, विभेद र असमानताविरुद्ध विजय हासिल गर्ने।
२. सांस्कृतिक समतामा आधारित समाज निर्माण गर्ने।
३. नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने।
४. सहिद र वेपत्ता योद्धाहरूका सपना पूरा गर्ने।
५. निर्वाचनलाई सफल पार्दै असफल नेताहरूलाई जनमतबाट विदा गर्ने।
६. देशभित्र र बाहिर सम्पर्क समिति गठन गर्ने।
७. जेनजी विद्रोहका मुद्दा कार्यान्वयनमा चौतर्फी दबाब सिर्जना गर्ने।

‘प्रगतिशील राष्ट्रिय अभियान’को केन्द्रीय संयोजन समितिमा सुदन किरातीसहित मदन भट्टराई, नारायणी शर्मा, मदन लिम्बु, भीमबहादुर मल्ल, सम्झना राई, गोरखबहादुर केसी, पुजन सिंह, जटिल कार्की, अरविन्द यादव, देवीराम देवकोटा, लक्ष्मी गुरुङ, जन्मदेव जैसी, प्रकाशचन्द्र पाण्डे, टेकेन्द्र भट्ट, राजु आलेमगर, दीपक साउद, सन्तोष विष्ट, पुष्प न्यौपाने, प्रेम ब. तामाङ, डा. अच्युत भट्ट, यज्ञबल्लभ शर्मा, विमला सिंह, क्षितिज सापकोटा, निर्मला गौतम र बाबुराम नेपाली छन्।

अभियानले देशभित्र बढ्दो निराशा, आक्रोश र अन्योल अन्त्य गर्न सबै प्रगतिशील शक्ति एकजुट भएर नयाँ राजनीतिक संरचना निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : १२ बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको