राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन « Khabarhub

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नति गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।

यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको जानकारी दिदैँ त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी दिए । 

‘पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरीयासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधीसहितको टोली यहाँ आएको हो ।’ डिभिजन प्रमुख यादवले भने–’अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउँछ, यसका दातृ निकाय सकारात्मक छन् ।’

उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए। ‘यसअघि पनि दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतिको काम गरिरहेको थियो ।’ यादवले भने–’ हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नति भयो ।’

त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नति गर्न बाँकी रहेको बताए।

‘भविष्यको योजनाको तयारी छ । त्यसका लागि अनुगमनका क्रममा छौं ।’ उनले भने–’यो बाँकी सडक एडीबी र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नति गर्ने योजना छ । दुवैको सल्लाह र सहमति अनुसार डिजाइन तथा अध्ययन गर्छौ ।’ 

उनले तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाइने जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : २० बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र