राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन « Khabarhub

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नति गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।

यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको जानकारी दिदैँ त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी दिए । 

‘पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरीयासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधीसहितको टोली यहाँ आएको हो ।’ डिभिजन प्रमुख यादवले भने–’अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउँछ, यसका दातृ निकाय सकारात्मक छन् ।’

उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए। ‘यसअघि पनि दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतिको काम गरिरहेको थियो ।’ यादवले भने–’ हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नति भयो ।’

त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नति गर्न बाँकी रहेको बताए।

‘भविष्यको योजनाको तयारी छ । त्यसका लागि अनुगमनका क्रममा छौं ।’ उनले भने–’यो बाँकी सडक एडीबी र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नति गर्ने योजना छ । दुवैको सल्लाह र सहमति अनुसार डिजाइन तथा अध्ययन गर्छौ ।’ 

उनले तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाइने जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : २० बजे

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा

महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक

११ औं महाधिवेशनको तयारीः मंसिर २५ भित्र महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि