नेपाली विद्यार्थी, व्यवसायी र स्टार्टअपलाई ‘इन्डिया एआई इम्प्याक्ट च्यालेन्ज २०२५’मा सहभागी हुन आह्वान « Khabarhub

नेपाली विद्यार्थी, व्यवसायी र स्टार्टअपलाई ‘इन्डिया एआई इम्प्याक्ट च्यालेन्ज २०२५’मा सहभागी हुन आह्वान


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका एआई नवप्रवर्तकहरू, विद्यार्थी, अनुसन्धानकर्ता, व्यवसायी र स्टार्टअपहरूलाई आफ्ना कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी समाधान विश्वसामु प्रदर्शन गर्ने अवसर आएको छ। त्यसका लागि ‘इन्डिया एआई इम्प्याक्ट च्यालेन्ज२०२५’ का लागि आवेदन खुला गरिएको छ।

कार्यक्रममा सहभागिताका लागि तीन मुख्य श्रेणीमा आवेदन मागिएको छ भारतीय दूतावासले जनाएको छ।

ठूला-स्तरीय प्रभाव पार्न सक्ने एआई समाधानहरू (पाइलट चरण वा सोभन्दा माथि)

महिला नेतृत्वमा आधारित टोलीहरूले विकास गरेका एआई समाधानहरू (पाइलट चरण वा सोभन्दा माथि)

१३ देखि २१ वर्ष उमेर समूहका युवा टोलीहरूले तयार पारेका एआई अवधारणा वा समाधानहरू (अवधारणाको प्रमाण पनि स्वीकार्य)

यस अभियानमा सहभागी हुन इच्छुकले इम्प्याक्ट डट इन्डियाएआई डट गभ डट इनमार्फत् आवेदन दिन सक्ने भएका छन्। आवेदन दिने अन्तिम मिति सन् २०२५ नोभेम्बर ३० सम्मलाई तोकिएको छ।

कार्यक्रमलाई भारतको विदेश मन्त्रालय, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय लगायत संस्थाहरूले सहआयोजन गरेका हुन्। नेपालबाट रोबोटिक्स एसोसियसन नेपाल र नेपाल-भारत चेम्बर्स अफ कमर्श इन्डस्ट्रीको सहकार्यमा सहभागिता जनाउन सकिने भएको छ।

आयोजकहरूका अनुसार, यसले दक्षिण एशिया क्षेत्रमा एआई नवप्रवर्तनलाई प्रोत्साहन गर्दै विद्यार्थी, महिला तथा युवा उद्यमीहरूलाई विश्वव्यापी एआई प्रविधिमा योगदान गर्न सक्षम बनाउनेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ०१ बजे

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा