जेन-जी आन्दोलनको भावनाअनुरूप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

जेन-जी आन्दोलनको भावनाअनुरूप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको भावना र मर्मअनुसार जनआकाङ्क्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री कार्कीले उच्च मनोबलका साथ निर्धारित लक्ष्य हासिल गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन दिएकी हुन् ।

उनले जेन-जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट मन्त्रिपरिषद्को कार्यालयको क्षतिसहित अन्य भौतिक सम्पत्तिलगायत सम्पूर्ण क्षतिको विवरण यथाशक्य छिटो अद्यावधिक गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिइन्। यसैगरी अन्य निकायमा भएका क्षतिको एकीकृत विवरणको प्रतिवेदन तयार गर्न उनले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले विद्युतीय खरिद प्रणाली सार्वजनिक निकायको खरिद प्रक्रियासँग जोडिएको संवदेनशील विषय भएकाले त्यसको स्तरोन्नतिका लागि आवश्यक पर्ने उपकरण खरिदको काम निर्धारित समयमै पूरा गरिसक्नुपर्ने बताइन् । 

उनले ‘ग्रे लिष्ट’बाट नेपाललाई बाहिर निकाल्न नियमनकारी, अनुसन्धानकारी तथा अन्य सम्बद्ध निकायबाट सम्पादन भएका काम कारबाहीको मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरण, समन्वय एवम् अनुगमन गर्नुपर्ने धारणा व्यक्त गरिन्। 

‘सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको छ, सार्वजनिक निकायबाट सम्पादन भएका काम कारवाही निष्पक्ष, स्वच्छ, सहज र सेवाग्राहीमैत्री भए–नभएको शुक्ष्म निगरानी तथा अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रले थप पहल गर्नुपर्छ’, प्रधानमन्त्री कार्कीले भनिन्।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ५५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित