संवाद, सहमति र चुनावबाटै अबको हल खोजौँ : गृहमन्त्री « Khabarhub

संवाद, सहमति र चुनावबाटै अबको हल खोजौँ : गृहमन्त्री


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जीको रगत र कयौँ युवा सहिदहरूको सपनाभन्दा बाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन् ।   

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै मन्त्री अर्यालले कुनै पनि हालतमा कोही कसैलाई अहिले जेन-जी युवा वर्ग र जनताले चाहेको परिवर्तनको जनभावना विपरीत जाने छुट नभएकोले सबैले वार्ता, सहमति र चुनावबाटै अबको हल खोजिनु पर्ने बताए । 

सरकारले दण्डहीनतालाई कहिल्यै पनि प्रशय नदिने कुरा बताउँदै, मन्त्री अर्यालले राष्ट्रिय र निजी सम्पत्तिमा क्षति भएकोबारे कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले पनि हेरिरहेको र यसमा सरकारले ‘व्ल्ङ्केट अप्रोचु (नजरअन्दाज) नगरी काम गरिरहेको पनि समिति समक्ष जानकारी दिए ।   
 
‘जेन-जीको रगत सडकमा बग्नुका कारण सुशासन लागि नै हो, यो सरकार सुशासनको मामलामा अत्यन्तै सजक रहन्छ र हामी यसलाई सम्बोधन गरेरै जान्छौँ’, मन्त्री अर्यालले भने। उनले भने, जेन-जी सहिदहरूको सपनाभन्दा बाहिर जाने छुट हामीलाई छैन र देशमा उनीहरूले देखेको सुशासन, भ्रष्टाचार अन्त्यका सपना नै यो आन्दोलन हुनुको मुख्य कारण हो।

समितिमा उठेका प्रश्नहरूको उत्तर दिँदै मन्त्री अर्यालले भने, ‘प्रहरीको मनोबल उच्च राख्न उनीहरूले गर्न र लिन खोजेको निर्णयमा हस्तक्षेप नगरे मात्रै पनि प्रहरी संगठनको मनोबल स्वतः उच्च हुन्छ।’ 

आगामी निर्वाचनमा सुरक्षा निकायलाई आवश्यक बन्दो बस्तीका सामग्रीको कमी हुन नदिन र आवश्यक आर्थिक श्रोत जुटाउन विभिन्न निकायहरूसँग समन्वय भइरहेको पनि मन्त्री अर्यालले समितिलाई बताए । अर्को प्रसङ्गमा मन्त्री अर्यालले भने, दलहरूसँग सरकार नकारात्मक हुनै नसक्ने भन्दै, वार्ता र छलफल विभिन्न तहमा आगामी समयमा हुने नै छ।   

आजको बैठकमा समितिका अधिकांश सदस्यहरूले चुनाव तोकिएकै मितिमै हुने कुरा, प्रहरीहरूको खस्किएको मनोबल, देशमा शान्ति सुरक्षा र भएको वातावरण नभएको जस्ता जिज्ञासा प्रस्तुत गरेका थिए।

समिति सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको बैठकले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि प्रहरीहरूको मनोबल उच्च बनाउँदै आन्दोलनका क्रममा लुटिएका हातहतियार र आपराधिक क्रियाकलापमा लागेकाहरूलाई कानुनी दायर ल्याउन र मुलुकमा भयरहित वातावरण निर्माण गर्न समितिले सरकारलाई निर्देशन गरेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : १० बजे

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका