मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट « Khabarhub

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग दर्ता गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित ७ दलका ७४ सांसदहरूले बिहीबार महाभियोग दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुले सभामुख मण्डलविरुद्ध महाभियोग लगाएका छन् ।

निवर्तमान मुख्मयन्त्री जितेन्द्र सोनरले विश्वासको मत लिने समय उत्पन्न विवादलाई लिएर ७ दलले मण्डलमाथि महाभियोग लगाएका हुन् ।

जनकपुरमा बिहीबार दिउँसो बसेको सात दलको बैठकले सभामखुले प्रदेश सरकार गठनमा तटस्थ भूमिका नखेलेको निचोड निकालेको थियो ।

प्रदेशसभा सञ्चालन गर्नुपर्नेमा महाभियोग आए सामना गर्न तयार छु भन्ने अभिव्यक्ति दिएर प्रदेशसभाको गरिमा बिगार्न खोजेको आरोप सभामुखमाथि उनीहरूले लगाएका छन् ।

प्रदेशसभाका ७४ सदस्यले सभामुखलाई अविश्वासको प्रस्ताव पेश गरेका हन् । मधेशमा १०४ जना सांसद छन् । एक जना निलम्बन र सभामुखसहित एमालेका २५ जना छन् ।

सभामुखमाथि अविश्वास प्रस्तावका लागि कांग्रेस, जनमत, जसपा नेपाल, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहित दलहरूले दुई तिहाइ पुग्छ ।

अविश्वासको प्रस्ताव दर्ताका लागि सभामुखको सचिवालय पुगेको सात दलको टोलीलाई नेकपा एमालेका नेता कार्यकर्ताले अवरोध गरेका थिए ।

दर्ता गर्न पुगेको टोलीमाथि एमालेका कार्यकर्ताको अवरोधले सभामुखको सचिवालयमा तनाव भएको थियो । त्यसक्रममा सभामुख मण्डल र सांसदहरूबीच पनि कुटाकुटको अवस्था भएको छ । सभामुख र सांसदहरू भिड्न थालेपछि कर्मचारीहरूले सभामुखको कार्यकक्षको बत्ती निभाइदिएका छन् ।

शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर विश्वासको मत लिने वातावरण बिगारेको आरोप उनीहरूको छ ।

त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नपाएपछि सोनारले राजीनामा दिनुपरेको सात दलले आरोप लगाएका छन् । माओवादीका दुई सांसद विपक्षमा उभिँदा विश्वासको मत नजुट्ने भएपछि सोनलले राजीनामा दिएका थिए ।

रोकिए सांसदहरू

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले अविश्वास प्रस्ताव दर्ता गर्न पुगेकालाई प्रहरीको निगरानीमा राखिएको बताए ।

प्रदेशसभा भवनभित्र अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयनुल राईन, उपेन्द्र महतो, रानी शर्मा तिवारी, रुपा यादव, नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह, जसपा नेपालका राजु गुप्ता, जनमत पार्टीका चन्दन सिंहलगायत सांसदहरू छन् ।

सांसदहरूले आफूहरूलाई रोक्नु असंवैधानिक भएको भन्दै विरोध गरेका छन् । उनीहरूले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नदिन अवरोध गरिएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ०४ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने