भारतीय राष्ट्रपति अङ्गोला भ्रमणमा « Khabarhub

भारतीय राष्ट्रपति अङ्गोला भ्रमणमा


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू अफ्रिकी मुलुक अङ्गोला भ्रमणमा पुगेकी छिन् । कुनै पनि भारतीय राष्ट्रपतिले अङ्गोलाको भ्रमण गरेको यो पहिलो अवसर हो ।

भ्रमणका क्रममा उनले राजधानी लुआण्डामा अङ्गोलाका समकक्षी जोआओ म्यानुअल गोन्जाल्भेस लोरेन्कोसँग पनि भेटवार्ता गरेकी छिन् । राष्ट्रपति मुर्मूको भ्रमणबाट दुई मुलुकबीच कायम द्विपक्षीय सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ ।

छिल्लो समय दुई मुलुकबीच तेल, ऊर्जा तथा खनिज, हिरा प्रशोधन, डिजिटल प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढिरहेको छ । राष्ट्रपति मुर्मूले ‘इन्टरनेशनल बिग क्याट अलायन्स’ र ‘ग्लोबल बायो फ्यूल्स अलायन्स’ नामक गठबन्धनमा सहभागी हुनेबारे अङ्गोलाले गरेको निर्णयको स्वागत पनि गरेकी छिन् ।

राष्ट्रपति मुर्मूको भ्रमणका क्रममा दुइई मुलुकबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको टाइम्स नाउले जनाएको छ । दुई मुलुकबीच मात्स उद्योग, जलसंस्कृति र समुद्री स्रोतमा सहकार्य अभिवृद्धि गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

भ्रमणका क्रममा दुई देशबीच व्यापार र लगानी सम्बन्धलाई थप विविधीकरण गर्ने विषयमा पनि सहमती भएको छ । त्यसैगरी, स्वास्थ्य, प्रविधि, कृषि, रक्षा, भौतिक पूर्वाधार र जनस्तरको सहकार्य अभिवृद्धि गर्न पनि दुवै मुलुक सहमत भएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना