बेलायतले चीनमा निर्मित विद्युतीय बसबाट उत्पन्न हुने सुरक्षा चुनौतीबारे अनुसन्धान गर्ने « Khabarhub

बेलायतले चीनमा निर्मित विद्युतीय बसबाट उत्पन्न हुने सुरक्षा चुनौतीबारे अनुसन्धान गर्ने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा निर्मित विद्युतीय सवारी साधन टाढाबाट बन्द गर्न मिल्ने/नमिल्नेबारे बेलायत सरकारले अनुसन्धान थालेकोे छ । चीनमा निर्मित सवारी साधानका कारण आफ्ना पूर्वाधारमा उत्पन्न जोखिमबारे चिन्ता प्रकट गर्दै बेलायत सरकारले यस्तो अनुसन्धान थालेको हो ।

फाइनान्सियल टाइम्सका अनुसार यसबारे अनुसन्धान गर्न बेलायतको यातायात अधिकारीहरुले राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग सहकार्य गरिरहेका छन् । खासगरी चीनमा निर्मित युटोङ नामक विद्युतीय बसले के कस्तो सुरक्षा चुनौती उत्पन्न गर्छन् भन्नेबारे पछिल्लो अनुसन्धान केन्द्रित रहेको टाइम्सले जनाएको छ ।

नर्वेमा गरिएको यस्तै अनुसन्धानमा चीनको झेङझोउ शहरमा रहेको यस कम्पनीले उत्पादन गर्ने बसहरुलाई टाढैबाट ‘बन्द गर्न वा सञ्चालन नहुने बनाउन’ सकिने पत्ता लागेको थियो । डेनमार्कले पनि यस्तै अनुसन्धान गरिरहेको छ ।

युटोङले बेलायती बजारमा ७ सय यस्ता सवारी साधनहरु आपूर्ति गरेको छ । यी सवारी खासगरी बेलायतका नोटिङ्घम, दक्षिणी वेल्स र ग्लास्गो शहरमा सञ्चालनमा रहेको जनाइएको छ ।

कम्पनीले राजधानी लण्डनमा पनि थप सवारी साधन बिक्री गर्ने तयारी गरिरहेको छ । यी सवारी साधनहरुलाई फर्स्टबस र स्टेजकोच नामक बस सेवा प्रदायक कम्पनीले सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ११ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक