भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै « Khabarhub

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । 

भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

वडाको छ लाख र प्रदेश सरकारको १० लाख गरी कूल १६ लाखमा यहाँ दुईतिरबाट बारा (रेलिङ) सहितको पदमार्ग, धारा, शौचालय र वनभोज  स्थल निर्माण गरिएको छ । 

‘हामी काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैछौँ’, वडाध्यक्ष तामाङले भने, ‘यो स्थान सुन्दर मात्र होइन, सदरमुकाम नजिक भएकाले पर्यटकलाई आकर्षित गर्ने धेरै सम्भावना छ, त्यसैले उपलब्ध स्रोतसाधनले भ्याएसम्मका संरचना तयार गरेका छौँ ।’

यसवर्ष थप संरचना निर्माणका लागि वडाले एक लाख ५० हजार विनियोजन गरेको छ । काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना र दुईतिरबाट बारा राखेर सुरक्षित पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष तामाङले बताए। बजेट अभावका कारण केही काम अधुरो रहेको उनको भनाइ छ ।

काफ्ले डाँडाबाट भोजपुर बजार, आसपासका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्मका हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमासमेत घुमफिर तथा फोटो खिच्न आउनेको सङ्ख्या बढ्दो छ । 

विशेषगरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको चहलपहल उल्लेख्य रूपमा देखिने गरेको स्थानीयले बताएका छन् । पर्यटन व्यवसायीले यस क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने अपेक्षा राखेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १ : २९ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको