काठमाडौं– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उपचारका क्रममा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१३ निवासी ३४ वर्षीय सुन्दर बिकको मृत्यु भएपछि मृतक सङ्ख्या चार पुगेको हो।
शुक्रबार बिहान अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप सडकबाट करिब १ हजार १ सय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई मध्यबिन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी र चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचाररत चार घाइतेमध्ये सुन्दर बिकको मृत्यु भएको हो।
उनका अनुसार पाँच जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने दुई जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनामा संलग्न जिप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकहरू
पाल्पा, निस्दी गाउँपालिका–७ (हुवास) की ३६ वर्षीया हेम कुमारी सारु
पाल्पा, निस्दी गाउँपालिका–४ (ठोक्सिङबास) की ४५ वर्षीया ओम कुमारी खाम्चा
पूर्वी नवलपरासी, मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्दीमाया बि।क।
पूर्वी नवलपरासी, मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर बिक (उपचारको क्रममा मृत्यु)
घाइतेहरू
मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी
९ वर्षीय नेवराज खाम्चा – अवस्था सामान्य, डिस्चार्ज
५ वर्षीय सालिन खाम्चा – अवस्था मध्यम, डिस्चार्ज
७३ वर्षीय नरबहादुर सुनारी – अवस्था मध्यम
७२ वर्षीया भुमी सर सुनारी – अवस्था मध्यम
चितवन मेडिकल कलेज
करिब १० वर्षीय लविस सुनार – अवस्था सामान्य, डिस्चार्ज
करिब ५ वर्षीया प्रिन्सा सुनार – अवस्था सामान्य, डिस्चार्ज
२८ वर्षीया मिना कुमारी सुनारी – अवस्था मध्यम











प्रतिक्रिया