धुवाँ, खरानी र निषेध चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको छ : ओली « Khabarhub

धुवाँ, खरानी र निषेध चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको छ : ओली


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । 

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्‌घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने ठान्न चेतावनी दिएका छन् ।

एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपा मात्र भएको ओलीले बताए। नागरिकको यो उपस्थित लोकतन्त्र र एमाले प्रतिको जनविश्वास भएको ओलीले बताए ।

 ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ’, उनले भने। 

एमाले जस्तो लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिलाई निर्णायक शक्ति बनाउनु पर्ने ओलीले बताए। सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्य तर्फ नेकपा एमाले अघि बढेको उनले स्पष्ट पारे ।

एमालेको संकल्प कुनै राजनीतिक स्टनबाट नभएर साकार पार्न गरिएको प्रतिबद्धता भएको बताए। देशमा सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएका र दिने उनले दाबी गरे। 

उनले कम्युनिष्ट पार्टी जति बलियो भयो त्यति नै राष्ट्रियता बलियो हुने बताए। आठ दशकको गौरवशाली यात्रामा नेपालको कम्युनिष्ट पार्टीले केही गौरवमय मानक स्थापित गरेको बताए। 

नेकपा एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुवाती अभियन्ता भएको उनले बताए। एमालेको कारण नागरिकहरूले जीवनको आधार भएको ओलीले दाबी गरे । 

एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशितालाई स्थापित गरेको उनले बताए। नेकपा एमाले नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता भएको ओलीले स्पष्ट पारे। 

एमाले गाउँमुखी र जनसहभागिता मूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता समेत भएको ओलीले बताए। 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ०८ बजे

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको