जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली « Khabarhub

जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनमा अपराध गर्ने अपराधी उम्किन नहुने बताए ।

जेन–जी आन्दोलनपछि संवैधानिक हिसाबले निकास दिन विकल्पहरू राखेको स्मरण गरे । उनले संसदमार्फत संविधान संशोधन हुनुपर्ने बताउँदै प्रतिनिधिसभा पुनस्थापित हुनुपर्नेमा जोड दिए ।

‘कामचलाउ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो । संविधानको बाटो छाडेर संविधान विपरीत ढङ्गले सरकार गठन गरियो । असंवैधानिक सिफारिसबाट प्रतिनिधिसभा विघटन भयो । अनाधिकृत सिफारिसबाट प्रतिनिधिसभा विगठन असंवैधानिक छ । गलत छ ।’ उनले भने, ‘जनताले चुनेका प्रतिनिधि फर्काउनु भनेको जनतालाई नै राजनीतिबाट बाहिर धकेल्नु हो । यस्तो कामले लोकतन्त्र बलियो हुँदैन त्यसैले प्रतिनिधि सभा विगठन हामीलाई मान्य छैन । हाम्रो माग छ, प्रतिनिधिसभा पुनस्थापना होस् र देश लोकतन्त्र र संविधानको बाटोमा फर्कियोस् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : १३ बजे

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको