एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा « Khabarhub

एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता देव गुरुङले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी मुलुकको लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समाजवादी रूपान्तरण सम्भव नहुने बताएका छन्।

एमालेको एघारौँ महाधिवेशनको उद्‌घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै उनले देशभक्त र गणतन्त्रवादी सबै शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।

गुरुङले नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि विखण्डनको सिकार बन्दै आएको उल्लेख गर्दै हरेक जटिल अवस्थामा कम्युनिस्ट शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए।

‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी समाजवादी क्रान्ति सम्भव छैन,’ उनले भने।

उनले २०७४ सालमा नेकपा निर्माणको यात्रा सुरु भए पनि त्यसलाई निरन्तरता दिन नसकिएको स्वीकार गरे। आगामी दिनमा फेरि कम्युनिस्ट एकीकरणको विकल्प नरहेको उनको भनाइ थियो। ‘वामपन्थी र कम्युनिस्ट एकताको कुनै विकल्प छैन‍‍‍’ उनले भने।

गुरुङले मुलुकको संकट व्यवस्थापन, लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता र आर्थिक-सामाजिक रूपान्तरणका लागि कम्युनिस्ट एकीकरण अनिवार्य सर्त भएको बताए। यसका लागि विभिन्न घटकहरूबीच नेपाली कम्युनिस्ट पार्टी निर्माण र एकीकरणको प्रक्रियामा आफूहरू लागेको जानकारी पनि दिए।

महाधिवेशनले भविष्यमा कम्युनिस्ट आन्दोलनको एकीकरणसम्बन्धी स्पष्ट निर्णय लिने विश्वास व्यक्त गर्दै उनले शुभकामना मन्तव्य टुङ्ग्याएका थिए।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४५ बजे

उपाधिका उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिमको प्रतिस्पर्धा

 नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

तानसेन– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र

टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक