एलओडीमा ‘एनपीएल नाइट’ हुँदै « Khabarhub

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा ‘नेपाल प्रिमियर लिग’ विजेता खेलाडीसहित अन्य आठवटै टीम सहभागी रहने छन् ।

एनपीएल नाइटमा विजेता टीमहरूको सहभागिता रहने क्लबका सीइओ रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘एनपीएल’ समापन भएको अवसरमा सेलिब्रेसन नाइट हुने भएको छ ।

एनपीएलमा सहभागी सबै खेलाडी तथा टीमहरूको सहभागिता रहनेछ । ‘हाम्रो मुलुकको लागि एनपीएल हुनु भनेको गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठूलो सहयोग भएको छ,’ उनले भने ।

एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।

यसअघि क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए । आगामी वर्षमा पनि क्लब इन्टरटेन्मेन्ट पार्टनर बन्न सक्ने उनले बताए ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने गरेका थिए । खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको श्रेष्ठले बताए ।

मङ्सिर १ गतेबाट सुरू भएको खेल आजदेखि समापन हुँदैछ । फाइनलमा सुदर पश्चिम रोयल्स र लुम्बिनी लायन्स पुगेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३५ बजे

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको