सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा « Khabarhub

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । 

उप प्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा भएको थियो । डारफुर र कोर्डोफान क्षेत्रमा बढ्दो हिंसाका कारण नागरिकमा ज्यान हानि र क्षति तीव्र रूपमा बढ्दै गएको छ । सोही दिन नर्थ डारफुरको कुटुम शहरमा भएको अर्को आक्रमणमा पनि नागरिकको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

महासचिवले सबै नागरिक र नागरिक पूर्वाधारमाथि हुने आक्रमणको कडा निन्दा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पालना गर्न अनुरोध गरेका छन् ।

सुडानको गृहयुद्धको एक हजार दिन पुगेको अवस्थामा गुटेरेसले सबै प्रभावशाली राष्ट्रहरूलाई युद्ध तुरुन्त रोक्न र हतियार आपूर्ति बन्द गर्न पहल गर्न आग्रह गरेका छन् । साथै उनले सबै पक्षलाई तत्काल शत्रुता रोकेर वार्ता पुनः सुरु गर्न, दीर्घकालीन युद्धविराम कायम गर्न र समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

यस द्वन्द्वमा दशौं हजार नागरिकको मृत्यु र करोडौँ विस्थापित भएको छ, जसले विश्वकै ठूलो मानवतावादी संकटमध्ये एक सिर्जना गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ५ : १३ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित