ईयूद्वारा हङकङ, तिब्बत र सिन्जियाङमा जारी मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा « Khabarhub

ईयूद्वारा हङकङ, तिब्बत र सिन्जियाङमा जारी मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली युनियन ईयूले हङकङ, तिब्बत र सिन्जियाङमा भइरहेको मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा जारी गरेको प्रतिवेदनमा हङकङ, तिब्बत र सिन्जियाङमा भइरहेका मानव अधिकार उल्लङ्घनका घटनाको निन्दा गरिएको छ ।

चीनका लागि ईयूको प्रतिनिधिमण्डलले सर्वव्यापी र अखण्ड मानव अधिकार सुनिश्चितताप्रति आफूहरु प्रतिबद्ध रहेको जनाएको छ । ईयूले ब्रसेल्समा भएको ४० औँ ईयू–चीन मानव अधिकार वार्ता र २५ औँ ईयू–चीन सम्मेलनका क्रममा दिगो कूटनीतिक सहकार्य भएपनि चीनमा मानव अधिकारको अवस्था अझै खराब बन्दै गएको उल्लेख गरेको छ ।

चीनमा अभिव्यक्ति स्वतन्त्रतामा संरचनागत कडाइ गरिएको, अल्पसङ्ख्यक समुदायकोे धर्म र संस्कृतिमा प्रहार भइरहेको र अल्पसङख्यक पहिचानको अस्तित्व मै जोखिम रहेको ईयूले जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धि तथा घोषणापत्रमा हस्ताक्षर गरेपनि अन्तर्राष्ट्रिय कानुन पालना गर्न चीन असफल भएको ईयूको आरोप छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : १८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल