पोखरामा मानसिक अस्पताल स्थापना गर्न पहल « Khabarhub

पोखरामा मानसिक अस्पताल स्थापना गर्न पहल


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए ।

‘गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ’, उनले भने, ‘रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि तयारी अगाडि बढाइएको हो ।’ पोखराको सिर्जनाचोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्न छलफल भइरहेको उनको भनाइ छ ।

हालै सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतको बैठकले केन्द्र निर्माणका लागि आवश्यक सबै तयारी र पहल अगाडि बढाउने निर्णय गरेको मन्त्री पाठकले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि विभिन्न प्रारम्भिक छलफल चलिरहेको बताए । ‘प्रदेश सरकार र जिससको संयुक्त पहलमा काम अगाडि बढाउनेगरी चरणबद्ध रूपमा छलफल भइरहेको छ, यसले साकार रुप लिनेमा हामी आशावादी छौँ’, उनले भने, ‘रोगको उपचार गर्ने अस्पतालका रूपमा मात्र नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा हाम्रो जोड छ ।’

अन्य अस्पतालहरूबाट मानसिक रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिए पनि गण्डकी प्रदेशमा मानसिक रोगसम्बन्धी छुट्टै विशिष्टीकृत अस्पताल अहिलेसम्म बनेको छैन । प्रदेशको स्वास्थ्य मन्त्रालयको अल्पकालीन योजनामा भने प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उल्लेख छ । मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ४१ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ