पोखरामा मानसिक अस्पताल स्थापना गर्न पहल « Khabarhub

पोखरामा मानसिक अस्पताल स्थापना गर्न पहल


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए ।

‘गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ’, उनले भने, ‘रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि तयारी अगाडि बढाइएको हो ।’ पोखराको सिर्जनाचोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्न छलफल भइरहेको उनको भनाइ छ ।

हालै सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतको बैठकले केन्द्र निर्माणका लागि आवश्यक सबै तयारी र पहल अगाडि बढाउने निर्णय गरेको मन्त्री पाठकले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि विभिन्न प्रारम्भिक छलफल चलिरहेको बताए । ‘प्रदेश सरकार र जिससको संयुक्त पहलमा काम अगाडि बढाउनेगरी चरणबद्ध रूपमा छलफल भइरहेको छ, यसले साकार रुप लिनेमा हामी आशावादी छौँ’, उनले भने, ‘रोगको उपचार गर्ने अस्पतालका रूपमा मात्र नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा हाम्रो जोड छ ।’

अन्य अस्पतालहरूबाट मानसिक रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिए पनि गण्डकी प्रदेशमा मानसिक रोगसम्बन्धी छुट्टै विशिष्टीकृत अस्पताल अहिलेसम्म बनेको छैन । प्रदेशको स्वास्थ्य मन्त्रालयको अल्पकालीन योजनामा भने प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उल्लेख छ । मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ४१ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र