भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन् : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन् : राष्ट्रियसभा अध्यक्ष


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताएका छन् ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा आज जारी शुभकामना सन्देशमा दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आआफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरेका छन् । ‘आजका दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा सबैलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्’, सन्देशमा भनिएको छ ।

‘नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेकाले विविध भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन्’, उनले भने ।

अध्यक्ष दाहालले थारू समुदायले माघी ‘माघे सकराँती’ भनेर मनाउने यो पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा लिने भन्दै यो पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । उनले थारू र मगर समुदायले बितेको वर्षको समीक्षासहित आजका दिनदेखि आगामी वर्षको कार्ययोजना बनाउने जनाउँदै अन्य समुदायले आ–आफ्नो परम्परा, विशेषता अनुसार हर्षोल्लासपूर्वक मनाउने बताए ।

यस पर्वमा तिल, तरुल, घिउ, चाकु, सख्खरका परिकारहरू बनाएर खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँकी, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, धनुषवाण हान्ने खेललगायत क्रियाकलाप गरेर मनाउने गरिन्छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ५१ बजे

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा

जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय

ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक