ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने « Khabarhub

ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रियो दि जिनरियो- ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।

तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका विद्यार्थीलाई नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् ।

उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन् भनेर हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोन प्रतिबन्धले अभिभावकलाई सजिलो बनाउनेछ।’

‘हामी ती उपकरणहरू अन्य धेरै देशहरूमा जस्तै कक्षामा शैक्षिक उद्देश्यका लागि र शिक्षकको मार्गदर्शनको साथ प्रयोग गर्न चाहन्छौँ,’ सान्तानाले अगाडि भने ।

सन २०२३ सम्म ब्राजिलका दुईतिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए । २८ प्रतिशतले यसअघि नै पूर्ण प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टियरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।

अब सरकारले पूर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर विद्यालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : १९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको