ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने « Khabarhub

ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रियो दि जिनरियो- ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।

तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका विद्यार्थीलाई नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् ।

उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन् भनेर हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोन प्रतिबन्धले अभिभावकलाई सजिलो बनाउनेछ।’

‘हामी ती उपकरणहरू अन्य धेरै देशहरूमा जस्तै कक्षामा शैक्षिक उद्देश्यका लागि र शिक्षकको मार्गदर्शनको साथ प्रयोग गर्न चाहन्छौँ,’ सान्तानाले अगाडि भने ।

सन २०२३ सम्म ब्राजिलका दुईतिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए । २८ प्रतिशतले यसअघि नै पूर्ण प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टियरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।

अब सरकारले पूर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर विद्यालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : १९ बजे

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला

स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी

काठमाडौं – इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड्स कोर

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा

इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो

काठमाडौं- इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौं – विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका