माटो खन्न गएकी ४० दिने सुत्केरीको च्यापिएर मृत्यु, दुई नाबालकको बिचल्ली « Khabarhub

माटो खन्न गएकी ४० दिने सुत्केरीको च्यापिएर मृत्यु, दुई नाबालकको बिचल्ली


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

धनगढी– घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर बझाङमा एक महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा थलारा गाउँपालिका–३ देवल निवासी राधिका जोशी (उपाध्याय) छिन् ।

सोमबार दिउँसो करिब १ बजे गाउँनजिकैको भगवती आधारभूत विद्यालय क्षेत्रमा घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएकी हुन् । त्यहीकारण उनको घटनास्थलमै मृत्यु भएको हो ।

यहाँका गाउँमा सुत्केरी भएकै समयमा पनि भारी काम गर्नुपर्ने, घरको काममा सघाउनु पर्ने बाध्यता छ ।

माटोको खानमाथि रहेको ठूलो ढुंगा खसेर उनी च्यापिएकी थिइन् । उपाध्यायकी ४० दिने नाबालक र अढाई वर्षीय अर्का छोरा टुहुरो भएका छन् ।

आमाको मृत्यु भएपछि नाबालक विचल्लीमा परेका छन् । पति कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकका रुपमा कार्यरत छन् ।

कार्यालयमा रहेका पति पत्नीको निधनको खबर सुनेर घरमा गएका छन् । माघी पर्वको मुखमै २४ वर्षीया राधिकाको निधनले गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ५४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको