‘नेपाली राजनीतिमा देखिएको विकृतिको अन्त्य गर्नुपर्छ’ « Khabarhub

‘नेपाली राजनीतिमा देखिएको विकृतिको अन्त्य गर्नुपर्छ’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसङ्गतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१ औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । 

कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनले बताएका छन् । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरू समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सबैको रहेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले बेठिक कुराको विरोध र सही कुराको समर्थन गर्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राख्नुभयो । उनले पिस्कर दमन र प्रतिरोधको कथा भएको स्मरण गरे । निरंकुश व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रूपमा मनाउने गरिन्छ । 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ५ : ५३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका