उद्योगमन्त्री भन्छन्– भारत तयार भइसक्यो, दोधाराचाँदनीमा अब सुख्खा बन्दरगाह बन्छ | Khabarhub Khabarhub

उद्योगमन्त्री भन्छन्– भारत तयार भइसक्यो, दोधाराचाँदनीमा अब सुख्खा बन्दरगाह बन्छ


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

धनगढी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण चाँडै अघि बढ्ने बताएका छन् ।

सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने मन्त्री भण्डारीले बताए ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले सुख्खा बन्दरगाह निर्माण अब ढिलाइ नहुने बताए । रुख कटानपछि भारतीय पक्षले ठेक्का लगाउने सहमति भइसकेको मन्त्री भण्डारीको दाबी थियो ।

‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) बैठकमा नेपालले रुख कटान भएलगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भएको छ,’ भण्डारीले भने, ‘हामीले रुख कटान आदेश पाइसकेकाले चाँडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुख्खा बन्दरगाह निर्माण अघि बढाउँछ ।’

आईजीसी बैठकमा नेपाल र भारतबीच बैतडीको झुलाघाट, डडेल्धुराको शिर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमति गरिसकेकाले चाँडै निर्माण गर्नेगरि सम्झौता भएको उनले बताए । सुख्खा बन्दरगाहलाई सिंगो सुदूरपश्चिमको समृद्धिको आयोजनाका रुपमा हेरिएको छ ।

यस्तै, कैलालीको गौरीफन्टा नाकालाई स्तरोन्नति गरेर मुख्य भन्सार नाकाका रुपमा विकास गर्ने सहमती पनि भएको बताए । कञ्चनपुरको दोधारचाँदनी र कैलालीको गौरीफन्टा नाकासम्म रेल सेवा सञ्चालन गर्न अध्ययन गर्ने समझदारी पनि दुवै पक्षले गरेका छन् ।

‘पलियादेखि दुधुवा नेशनल पार्कको बाटो स्तरोन्नति गरेर गौरीफन्टा नाकामा मुख्य भन्सार बिन्दु बनाउने, त्यसका लागि आवश्यक पर्ने क्वारेन्टाइन लगायत संरचना निर्माण सम्झौता भइसकेको छ,’ भण्डारीले भने, ‘दोधाराचाँदनी र गौरीफन्टा नाका व्यवस्थित गर्न रेल सेवाको अध्ययन अघि बढाउने सहमति पनि भारतीय पक्षले गरेको छ ।’

मन्त्री भण्डारीले मंगलबार नै कैलालीको हरैया विशेष आर्थिक क्षेत्रको प्रस्तावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् । निरीक्षणका क्रममा उमले चाडै काम अघि बढाइने दाबी गरे ।

गोदावरी नगरपालिका–७ र ८ मा पर्ने हरैया विशेष आर्थिक क्षेत्रका आवश्यक पर्ने जग्गाको रेखांकन भइसकेकाले चालु आर्थिक वर्षमा सरकारले एक करोड बजेट विनियोजन गरेको जानकारी उनले दिए ।

बजेटले चालु आर्थिक वर्षमै घेरबार निर्माण गरिने मन्त्री भण्डारीले बताए । त्यसपछि क्रमशः डीपीआर निर्माण लगायतका कामको थालनी गर्दै हरैया विशेष आर्थिक क्षेत्र निर्माणका कामलाई अघि बढाइने भण्डारीले बताए ।

भैरवहा, सिमरा र पाँचखाल औद्योगिक क्षेत्रपछि हरैयालाई प्राथमिकतामा राखिएको बताउँदै भण्डारीले केही नीतिगत सुधारका कारण निर्माण अघि बढाउने उल्लेख गरे । अहिले देशमा लगानीमैत्री वातावरण बनेको दाबी पनि उनले गरे ।

‘हामीले नीतिगत सुधार गर्दै निर्यातजन्य वस्तुको प्रतिशतलाई ६० बाट ३० प्रतिशतमा झार्नेबित्तिकै थुप्रै सेजका ब्लकहरू चाहियो भनेर आन्तरिक र बाह्य लगानीकर्ताले माग गरेका छन्,’ भण्डारीले भने, ‘अमेरिकाको कोकाकोला कम्पनी, चिनियाँ लगानीकर्ता पाँचखाल हामीलाई चाहियो भनेर आउनुभएको छ ।’
सरकारले जारी गरेको अध्यायदेशबारे बोल्दै मन्त्री भण्डारीले अधिकारको प्रयोग गरिएको बताए । ‘अध्यायदेश ल्याउने सरकारको अधिकार हो, यसमा विरोध र बहसले कुनै अर्थ राख्दैन’, उनले भने ।

सरकारले केही गरेन भन्ने कुरा गलत भएको उनले बताए । ‘निराशाका कुरा बढी भए । सरकारले धेरै गरेको छ, गर्न खोजेको छ, केही समयमै परिणाम देखिनेछ’, उनले भने ।

थारु समुदायको सांस्कृतिक मेलाको अवसरमा आयोजित महोत्सवसहितका कार्यक्रममा भाग लिन मन्त्री भण्डारी गृहप्रदेश सुदूरपश्चिम आएका हुन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ३१ बजे

स्टिल र अल्मुनियममा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै

काठमाडौं– आज अन्तरराष्ट्रिय दाल दिवस मनाइँदै छ । पोषणको मुख्य

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ : सुमधुर सम्बन्ध बनाउन उपहार दिनुहोस्

काठमाडौं– अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । आज भ्यालेन्टाइन डेको

आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने

पोखरा– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज

रोहितको शतकमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको