‘मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ’ « Khabarhub

‘मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताएका छन् । 

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको उनको भनाइ छ ।’ यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ’ यो पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन्। यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ।’

झन्डै एक सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन्। ‘मुन्दुम’मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ’मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गरे । 

भोजपुर र खोटाङ्गको सीमानामा पर्ने तीन हजार १६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट शुरु हुने पदमार्ग ३ हजार ३५० मिटरको मैयुङ डाँडा, चार हजार १५५ मिटरको सिलिचुङ डाँडा हुँदै तीन हजार ७५० मिटरको साल्पापोखरीसम्म पुग्छ। मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ। 

फरक प्रसंगमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताए । नेपालको आवश्यकता अनुसार जहाजहरू नभएकाले जहाजको सङ्ख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो। 

कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति विनोद वान्तवाले मुन्धुम पदमार्ग भ्रमण वर्षको कार्यक्रमले पदमार्गको प्रचारप्रसारमा उल्लेख्य योगदान गर्ने बताएका थिए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ३४ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको