नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक (तस्बिरहरू) « Khabarhub

नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक (तस्बिरहरू)



नुवाकोट– माघे संक्रान्ति पर्वका अवसरमा मंगलबार नुवाकोटको तारुका र बेत्रावतीलगायत स्थानमा गोरु जुधाएर मेला लगाइएको छ ।

माघे संक्रान्तिको दिनलाई विभिन्न ऐतिहासिक घटनासँग जोडेर यस वर्ष नुवाकोटको तरुकमा १३ हल, बेत्रावतीमा ११ हल गोरु जुधाइएको हो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकामा आयोजना गरिएको गोरु जुधाई प्रदर्शनी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले पनि अवलोकन गरे ।

गोरु जुधाई अवलोकन गरेपछि मुख्यमन्त्री तामाङले गोरु पशु अधिकारको संरक्षण गर्दै संस्कृतिको जगेर्नामा जोड दिए । यसलाई पर्यटन प्रवर्द्धन गर्दै खेलकुदका रुपमा अनुशासनमा राखेर सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । यसका लागि उनले सम्बन्धित मन्त्रालयसँग सहकार्य र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता गोरुका धानी (कृषक) लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । माघे संक्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले नगद पुरस्कार दिइएको बताए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ०७ बजे

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् ।

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर–  बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको