प्रचण्डकै नेतृत्वमा माओवादीको रुपान्तरण सम्भव छ : नारायणकाजी « Khabarhub

प्रचण्डकै नेतृत्वमा माओवादीको रुपान्तरण सम्भव छ : नारायणकाजी


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद समस्या रहेको स्वीकार्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताए ।

अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको उनले बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै श्रेष्ठले उनकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एक भएर अघि बढाउने दाबी गरे ।

उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्‍याछाड्ने उल्लेख गरेका छन् ।

सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै यसबारे टिप्पणी गरेर शब्द खेर नफाल्ने उनले बताए । भरतपुरको बिकास क्रान्तिकारी ढंगले भएको भन्दै महानगरकी प्रमुख रेनु दाहालको उनले प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ४२ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि